घिनलाग्दो काम गर्ने “बा” नेताहरूलाई बिदा गर्न राजनीतिमा आएको हु: रवि लामिछाने

लामिछानेले निर्वाचनको माध्यमबाट अहिलेका दलहरूलाई नाकको डाडी भाचिने गरि फ्लाईंग किक हान्ने समेत घोषणा गरे ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने घिनलाग्दो काम गर्ने शिर्ष भनिएका नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदागर्न आफु राजनीतिमा आएको बताएका छन् । उनले भने पछाडी “बा” भएका केपी बा, देउवा र नानीका बा लाई अव यो निर्वाचनवाट बिदा गर्नु पर्छ ।

आज भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् ।

लामिछानेले अहिले रहेका दलका नेतालाई ठग र अपराधि समेत भने। इतिहास परिवर्तन गर्न वहाहरूको योगदानको कदर गर्दछु भन्दै लामिछानेले भने “सडक छोडेर सत्तामा गएपछि सडकमा हुँदा गरेका प्रतिवद्धता वहान्हारूले भुल्नु भयो, जनतालाई ठग्नुभयो।”

उनले सत्तागठबन्धनको संयुक्त रुपमा निर्वाचनमा जाने निर्णयको चर्को आलोचना गरे।

लामिछानेले निर्वाचनको माध्यमबाट अहिलेका दलहरूलाई नाकको डाडी भाचिने गरि फ्लाईंग किक हान्ने समेत घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

Array