केपी ओलीलाई प्रधानमन्त्रीको उमेदवार बनाएर निर्वाचनमा जाने एमाले केन्द्रीय कमिटीको निर्णय

भर्खरै सम्पन्न निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले  पार्टी अध्यक्ष खड्ग प्रसाद शर्मा ओलीलाई प्रधानमन्त्रीको उमेदवार बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ ।

भर्खरै सम्पन्न निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो ।

बैठकले नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भाद्र २२ भित्रमा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको छ ।

अव पहिले उमेदवारको छनौटको लागि निर्वाचन क्षेत्रबाट क्षेत्रीय कमिटीले ३ जना उम्मेदवार सिफारिस गर्नेछ, जिल्ला र प्रदेशले त्यसमा थप सुझाव दिएर केन्द्रमा नाम पठाउने छन् । उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रले लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्

Array