भाद्र २२ भित्रमा उम्मेदवार सिफारिस गरिसक्न एमाले केन्द्रीय कमिटीको निर्देशन (मापदण्ड समेत)

अव पहिले उमेदवारको छनौटको लागि निर्वाचन क्षेत्रबाट क्षेत्रीय कमिटीले ३ जना उम्मेदवार सिफारिस गर्नेछ, जिल्ला र प्रदेशले त्यसमा थप सुझाव दिएर केन्द्रमा नाम पठाउने छन् । उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रले लगाउने छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भाद्र २२ भित्रमा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको छ । आज सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले उक्त निर्देशन दिएको हो ।

अव पहिले उमेदवारको छनौटको लागि निर्वाचन क्षेत्रबाट क्षेत्रीय कमिटीले ३ जना उम्मेदवार सिफारिस गर्नेछ, जिल्ला र प्रदेशले त्यसमा थप सुझाव दिएर केन्द्रमा नाम पठाउने छन् । उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रले लगाउने छ ।

केन्द्रीय कमिटीले उमेदवार सिफारिस गर्दा केहि मापदण्ड पनि बनाएको छ । जस अनुसार

  • ३ जना मद्धे एक महिला सिफारिस हुनुपर्नेछ ।
  • समानुपातिकतर्फ एक पटक अवसर पाएकाहरुलाई आम रुपमा नदोहोर्‍याउने ।
  • स्थानीय तहमा निर्वाचित भएकाहरुलाई पनि राजीनामा गराएर उम्मेदवार सिफारिस नगर्ने ।
  • पछिल्लो पटक भएका कुनै पनि निर्वाचनमा पराजित भएकाहरुलाई उम्मेदवार नबनाउने । (अन्य पार्टीबाट प्रवेश गरेकाहरुको हकमा भने विशेष निर्णय गरिने ) ।
  • जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी खेल्न सक्ने व्यक्ति हेर्नुपर्ने ।

प्रतिक्रिया दिनुहोस्

Array