कांग्रेसले १०० सिट नपाए निर्वाचनमा गठबन्धन हुदैन: डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस पार्टीको एक आन्तरिक प्रशिक्षण कार्यक्रममा बोल्दै प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई, गठबन्धनका अन्यदलले १०० सिट नछोडे निर्वाचनमा  गठबन्धन नहुने वताएका छन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस पार्टीको एक आन्तरिक प्रशिक्षण कार्यक्रममा बोल्दै प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई, गठबन्धनका अन्यदलले १०० सिट नछोडे निर्वाचनमा  गठबन्धन नहुने वताएका छन् ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं- ६ ले सुन्दरहरैंचामा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले उक्त कुरा वताएका हुन् । कोइरालाले भने “सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न सकिदैन।

उनले थपे अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि, संख्या १०० बाट घटाउन सकिदैन, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ।’

प्रतिक्रिया दिनुहोस्

Array