आजको मौसम; चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – देशभरको मौसममा सामान्य देखि पुर्ण बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मध्यमदेखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array