कपिलवस्तुमा गोली चल्यो, एक जनाको हत्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – कपिलवस्तुमा अज्ञात समुहले गोली हानेर एक जनाको हत्या गरेको छ । प्रहरीका अनुसार मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको  हो ।

पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्‍याएर गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array