बिलासी वस्तुको आयात प्रतिबन्धलाई लम्ब्याउने वाणिज्य मन्त्रालयको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – सरकारले बिलासी वस्तुको आयात प्रतिबन्धलाई थप केही समयका लागि लम्ब्याउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बैठकले थप केही समयका लागि आयात प्रतिबन्धलाई कायम राख्ने निर्णय गरेको हो । मन्त्रालय स्रोतको अनुसार बन्धपछि अर्थतन्त्रलाई सहयोग पुगेको र यसलाई अझै निरन्तरता दिने निर्णय भएको छ ।
उच्च आयातका कारण विदेशी बिनिमय सञ्चितिमा ह्रास आएको भन्दै मन्त्रालयले १३ वैशाख बिलासी १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । असार मसान्तसम्मको पूर्ण प्रतिबन्धले विदेशी सञ्चिती सुधारमा सहयोग पुर्‍याएको भन्दै मन्त्रालयले राजपत्रमा सूचना निकालेर असार ३१ मा भदौं १४ गते (४४ दिन) सम्मका लागि प्रतिबन्ध थप गरेको थियो ।

दशैंको मुखैसम्मै सरकारले प्रतिबन्धलाई निरन्तरता दिएको भन्दै व्यवसायीहरुले भने आपत्ति जनाएका थिए ।
सरकारले साउन १ गते देखि लागू हुने गरी नेपालमा १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको थियो।

सरकारले आयात रोकेका १० सामग्रीको सूचीः

१.कुरकुरे, लेज र यस्तै उत्पादनहरू
२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक)
३. चुरोट तथा सूर्तिजन्य वस्तु (कच्चापदार्थ बाहेक)
४. हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक)
५. ३ सय अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट
६. बत्तीस इञ्चभन्दा माथिका रंगीन टेलिभिजन
७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)
८. एक सय पचास सिसीभन्दा धेरै क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौना
१०. खेल्ने तास

प्रतिक्रिया दिनुहोस्

Array