विद्यालय स्तरमा साइबर अपराधको विषयलाई समावेश गर्नुपर्ने गृहमन्त्री खाणको जोड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका छन् । जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा आज आयोजना गरेको ‘साइबर क्राइम प्रशिक्षण कार्यक्रम’ मा मन्त्री खाणले यस्तो बताएका हुन ।

गृहमन्त्री खाणले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका बढेसगै यस्ता घटनालाई कम गर्न विद्यालयका पाठ्यक्रममा साइबर अपराध सम्बन्धी विषयवस्तु समावेश गर्नुपर्ने जोड दिएका छन । सूचना प्रविधिलाई आपराधिक समूहले पनि दुरुपयोग गरिरहेको र यसलाई रोक्नका लागि सरकारले छुट्टै सेल निर्माण गरी काम गृहमन्त्री खाणले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array