नेपाल महिला विश्वासी संघद्वरा पाच दिने लिडरसिप तालिम समपन्न

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल महिला विश्वासी संघ  (NMBS) द्वारा ललितपुरमा आइतवार देखि भएको पाँच दिने लिडरसिप तालिम बिहिवार समपन्न भएको छ । ललितपुरको सामाजिक सेवा केन्द्रमा भएको उक्त कार्यक्रममा ४ वटा स्थानका १७ वर्ष  देखि ३० वर्ष उमेर समुहका युवा महिलालाई लक्षित गरी संचालन गरेको हो । संघले भदौ ५ गतेदेखि विभिन्न कार्यक्रमहरु गरी ९ गते सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै युवा महिला नेत्री रजिना न्यौपानेले युवा महिलालाई सशक्तिकरण, आर्थिक उन्नति, घरेलु तथा यौन हिंसा, परिवार योजना, बाल हेरचाह आदिमा आधारित रहेर परामर्श दिएकी थिइन । न्यौपानेका अनुसार यस कार्यक्रमको उद्देश्य समाज परिवर्तन गर्ने, आर्थिक रुपमा सबल बनाउन प्रेरित गर्ने, महिला यौन तथा प्रजनन् स्वथ्य सम्बन्धी जानकारी दिएकी थिइन । त्यसैगरी यस संस्थाकी अर्की नेत्री रोनी शाक्यका अनुसार यस संस्थाले हाम्रो समाजमा रहेको कुरीति, कुप्रथा, महिला हिंसा, मानसिक स्वास्थय आदिको बारेमा गाउँ-गाउँमा स्कुलमा गएर  जनचेतना दिने गर्दछ ।

उनले भन्नि, समाजमा रहेका दिदि बहिनीहरुको आवजलाई बुलंद पारने उनीहरुलाई अगाडी ल्याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ । नेपालमा महिला विश्वासी संघले विभिन्न विषयमा ग्रामीण भेग, विद्यालय, कलेज, आमसमुह र विभिन्न गैरसंघ सस्थासँग जोडिएर काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array