आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – देशका केही स्थानमा आज मौसम बदली भएको छ । आज देशका विभिन्न ठाउँमा बिहानदेखि नै भारी वर्षा भइरहेको छ । बाँके तथा यसको आसपासका जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहान ५ बजेदेखि देशका अन्य स्थानमा पनि भारी वर्षा भइरहेको जनाएको छ । वर्षा भइरहेका र हुने सम्भावना रहेका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array