राणा विरुद्ध कुनै प्रमाण कागजात भए उपलब्ध गराउन महाअभियोग समितिको अनुरोध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन महाअभियोग समितिले आग्रह गरेको छ । संघीय संसदले आज सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र समितिमा आइपुग्ने गरी राणविरुद्ध कुनै प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन अनुरोध गरेको हो ।

“नेपालको सविधानको धारा १०१ को उपधारा (२) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६९ बमोजिम प्रतिनिधि सभाका एक चौथाईभन्दा बढी सदस्यहरूले महाअभियोग प्रस्ताव पेस गर्नु भएको छ,” सूचनामा भनिएको छ, “महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन (३) दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनु हुन अनुरोध छ ।”

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश राणालाई बयानका लागि भदौ १५ गते बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array