ताइवानले ड्रोन प्रतिरक्षा प्रणाली जडान गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – ताइवानले आगामी वर्ष आफ्ना तटीय क्षेत्रहरूमा ड्रोन प्रतिरक्षा प्रणाली जडान गर्न लागेको रक्षा मन्त्रालयका अधिकारीहरूले बिहीबार बताएका छन् ।

ताइवानी सेनाले चीनको जलीय क्षेत्रको निगरानी चौकी नजिक उडिरहेको ड्रोनमाथि ढुंगाले हिर्काइरहेको भिडियो फुटेज भाइरल भएपछि रक्षा मन्त्रालयले यो घोषणा गरेको हो ।

यसै महिना अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि आक्रोशित चीनले ताइवान वरपरका जलीय क्षेत्रमा सैनिक अभ्यास गरेको छ । यसैक्रममा चिनियाँ ड्रोन विमानहरू आफ्ना तटीय क्षेत्र नजिक आएको गुनासो ताइवानले पटकपटक गरेको थियो ।

दुईजना ताइवानी सैनिकले ड्रोनमाथि ढुंगाले हानिरहेको भिडियो पहिले चीनले प्रसारण गरेको थियो । तर, लाखौँ मानिसले हेरेको त्यो फुटेजबारे चीनले कुनै टिप्पणी गरेको थिएन । प्रजातान्त्रिक शासन पद्धति रहेको ताइवानलाई चीनले आफ्नो छुट्टिएको प्रान्त ठान्छ ।

ताइवानले पहिलो पटक आफ्नो भूमिमा ड्रोन प्रतिरक्षा प्रणाली जडान गर्ने योजना बनाएको हो ।

रोयटर्सबाट

प्रतिक्रिया दिनुहोस्