प्रतिनिधिसभाको चुनावमा सहभागी हुन ८७ दल दर्ता 

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ  –  मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ८७ वटा दल दर्ता भएका छन । निर्वाचन आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा ८७ दलले सहभागिता जनाउने निश्चित भएको र त्यसमा एकल तथा संयुक्त गरी ७९ वटा चुनाव चिह्नका मतपत्रमा समेटिने उल्लेख छ ।

आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधि भित्र ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन गरी जम्मा ८४ वटा निवेदन प्राप्त भएको थियो ।

राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदन लगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा ७९ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको कुल संख्या ८७ कायम गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array