नेपाली युवाहरूको हितमा काम गरने सामसङको प्रतिबद्धता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सामसङ इलेक्ट्रोनिक्सका ग्लोबलले नेपाली युवाहरूको हितमा काम गरिने प्रतिबद्धता गरेको छ । ग्लोबलको प्रेसिडेन्ट तथा सिएफओ एच के पार्कले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा यस्तो बताएका छन।

भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराएको कम्पनीले जनाएको छ। उनले यस प्रकारको पहलहरूले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाहरूको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको बताए ।

सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स (गोल्छा समुह) संग मिलेर नवलपरासीमा एलइडि टिभी उत्पादन गर्ने कारखाना संचालन गर्ने घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

Array