जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ  -जनकपुरमा प्रर्दशनकारीहरूमधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । प्रर्दशनकारीहरूले आफूहरूका मागप्रति सरकार गम्भीर नबनेको भन्दै मधेस भवनमा प्रवेश गर्न खोज्दा झडप भएको हो । बिहीबार चुरे तथा वन जंगल संरक्षण अभियान समितिको नेतृत्वमा प्रहरीले हस्तक्षेपछि गरेपछि झडप भएको स्थानियले जनाएका छन।

मधेस भवन प्रर्दशन तथा आन्दोलन निषेध क्षेत्र हो । प्रहरीले प्रदर्शन गर्ने १०० जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूले मुख्यमन्त्री लालबाबु राउत र उद्योग, प्रर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतोको पुतलासमेत जलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्