गोर्खा सैनिक भर्तीलाई निरन्तरता दिने भारतको चाहाना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ — भारतले अग्निपथ कार्यक्रमलाई निरन्तरता दिने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयले बिहीबार भारतीय सेनामा अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिक भर्तीलाई निरन्रता दिने जनाएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतले गोर्खा सैनिकलाई लामो समयदेखि भर्ती गरिरहेको जनाए ।

‘हामीले गोर्खा सैनिकलाई लामो समयदेखि भर्ती गरिरहेका छौं । हामी भारतीय सेनामा अग्निपथ कार्यक्रम अन्तरगत गोर्खा सैनिक भर्तीलाई निरन्तरता दिने छौं,’ उनले भने । उनले यस विषयमा हालसम्म यही तथ्यांकमात्र रहेको बताए ।

भारतीय सेनाले ल्याएको ‘अग्निपथ’ योजनाअनुसार नेपालमा तत्काल गोर्खा भर्ती नहुने भएपछि भारतीय पत्रकारले विदेश मन्त्रालयका प्रवक्ता बाग्चीलाई प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्