काठमाडौं–
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतीय सेनामा गोर्खा भर्तीसहितका विषयमा छलफल गर्नका लागि बोलाइएको बैठकमा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको छ।
समितिको बैठक कम्तीमा १२ जना उपस्थित हुनु पर्नेमा सातजना सांसद मात्रै उपस्थित भएपछि स्थगित भएको छ। भारत सरकारले अग्निपथ योजना अनुसार नै गोर्खा भर्तीका लागि सहजीकरण गरिदिन आग्रह गरे पनि यसबारे नेपालमा विस्तृत छलफल हुन सकेको छैन। त्यसमाथि छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बोलाइए जानकारी दिएको छ । तर गणपुरक संख्या नपुगेर बस्न नसकेको बताइएको छ ।
यसअघि बुधबार परराष्ट्रमन्त्री नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर तत्काल अग्निपथ योजनाअनुसार गोर्खा भर्तीको प्रक्रिया सुरु गर्न नसक्ने जानकारी गराएका थिए।
नेपाल सरकारले अग्निपथ’ योजनाबारे सर्वपक्षीय साझा धारणा बनाउन तथा त्यसको प्रभाव कस्तो पर्छ भनेर सरोकारवालासँग छलफल गर्न समय चाहिने भन्दै तत्कालका लागि गोर्खा भर्तीको प्रक्रिया थाल्न नसक्ने बताइएको छ । सन् १९४७ मा भएको नेपाल(भारत(बेलायतबीच भएको त्रिपक्षीय सन्धिअनुसार नेपाली युवाहरू भारतीय तथा बेलायती सेनाको गोर्खा रेजिमेन्टका लागि भर्ती हुँदै आएका थिए।
गणपुरक संख्या नपुगेपछि संसदको अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित, गोर्खा भर्तीबारेमा छलफल भएन

प्रतिक्रिया दिनुहोस्