असोजको पहिलो साता दसैंका लागि सार्वजनिक यातायातको टिकट खुल्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – दसैंका लागि असोज पहिलो साता सार्वजनिक यातायातको टिकट खुल्ने भएको छ। दसैंका लागि १५ दिन अघि सार्वजनिक यातायातको अग्रिम टिकट खुला हुने गर्छ। नेपाल यातायात व्यवसायीले असोजको पहिलो सातादेखि टिकट बुकिङ खुल्ने बताएको छ। तर सरकारी निकायबीच अहिलेसम्म छलफल भने भएको छैन।

यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र महासंघको समन्वयमा अग्रिम टिकट बुकिङ खुल्ने गर्छ। कोभिडका कारण दुई वर्ष दसैंमा घर फर्किने कम भए। तर यो पटक भने दसैंमा घर जाने यात्रु बढी हुने अनुमान व्यवसायीहरु गर्छन्।

गोगंबुको नयाँ बसपार्कमा काउन्टर थपेर यात्रुलाई टिकट बिक्री गरिन्छ। गत वर्ष ३२ वटा टिकट काउन्टरमार्फत कम्प्युटर प्रणाली अनुसार टिकट दिइएको थियो। त्यहाँ यात्रु सहजताका लागि सहायता कक्ष समेत राखिन्छ।  अब भने मोबाइलमार्फत टिकट काट्ने व्यवस्था छ। बस सेवा डट कममार्फत बसको टिकट काट्न सकिन्छ।

यो कम्पनीले विभिन्न सार्वजनिक यातायात संचालन गरिरहेका कम्पनीसँग सहकार्य गर्दै अनलाइनमार्फत टिकट काट्ने व्यवस्था गरिरहेको छ।दाङमा राप्ती यातायात प्राली,बुटवलमा पश्चिम नेपाल बस व्यवसायी, पूर्वमा मकालु, मेट्रो, पोखराका लागि जगदम्बा यातायात, साझा यातायात लगायत मुलुकका मूख्य गन्तव्यका लागि टिकट काट्न सकिन्छ। महासंघका स्वाँर पनि अनलाइन टिकेटिङलाई अझै सुधार गरिने महासंघले बताएयो।

प्रतिक्रिया दिनुहोस्

Array