चाडपर्वका लागि सुपथ मूल्य पसल संचालन गर्ने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सरकारले चाडपर्वलाई मध्येनजर गर्दै भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । चाडपर्व नजिकिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो ।

सरकारले प्रत्येक वर्ष चाडपर्वमा खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको खपत बढी हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्ने गर्छ । साथै मूल्यवृद्धि रोक्न पनि केही हदसम्म सहयोग पुग्ने सरकारी पक्षको विश्वास छ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसलबाट सामान बिक्री गर्नेछन् ।

सुपथ मूल्य पसलबाट नुन, तेल, चामल, घिउ, पनिर, फापरसहितका खाद्यान्न बिक्री गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array