थाइल्यान्डका प्रधानमन्त्री जान ओचालाई निलम्बन गर्न अदालतको आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – थाइल्यान्डको एउटा प्रमुख अदालतले प्रधानमन्त्री प्रयुथ जान-ओचालाई निलम्बन गर्न आदेश दिएको छ। उनको कार्यकालको सीमाबारे एक मुद्दामा सुनुवाइ गर्दै अदालतले बुधवार यस्तो आदेश दिएको हो। सन् २०१४ यता निरन्तर प्रधानमन्त्री रहेका प्रयुथ आफ्नो कार्यकालभन्दा बढी समय पदमा रहेको भन्दै विपक्षी दलहरूले अदालतमा मुद्दा दायर गरेका थिए। थाइल्यान्डको संविधानले प्रधानमन्त्रीको पदमा एक व्यक्ति आठ वर्षसम्म मात्रै रहन पाउने व्यवस्था गरेको छ।

पूर्वसेना प्रमुख रहेका उनी पहिलो पटक सन् २०१४ मा सैन्य कू मार्फत सत्तामा पुगेका थिए। व्यापक प्रतिबन्धबीच सन् २०१९ मा गरिएको निर्वाचनमा उनी पुनः निर्वाचित भए।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

Array