ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टनरसिप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – ग्लोकल टिन हिरो २०२२’ प्रतियोगितामा डिशहोमले सहकार्य गर्ने भएको छ । नेपालका किशोरकिशोरीले गरेको प्रभावकारी कामको कदर गर्दै उनीहरूलाई थप हौसला दिन आयोजना हुन लागेको सो कार्यक्रममा डिशहोमले सहकार्य गर्ने भएको हो । यसपटकको प्रतियोगिता आठौं संस्करण रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा नेपालभरबाट विभिन्न विधामा ६४८ किशोरकिशोरीले सहभागिताका लागि आवेदन दिएका थिए । तीमध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाइनलमा पुगेका आयोजकको भनाइ छ । आगामी सेप्टेम्बर १ मा अवार्ड कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्