निहारिकाको माग वमोजिम आरोपित र शिशुको डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

लामो समयदेखि न्यायको माग गर्दै आन्दोलनरत निहारिका राजपुतको माग वमोजिम आरोपित र शिशुको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ ।

न्यायाधीशहरु भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त  इजलासले उक्त आदेश दिएको हो ।

उच्च अदालतको आदेशमा बच्चाको बाबु भएको दावी गरिएका शिवराज श्रेष्ठ र बच्चालाई उच्च सरकारी वकील कार्यालय, जनकपुर मार्फत् राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा पठाई बच्चाको आमाको रोहबरमा डीएनए परीक्षण गराई परीक्षण प्रतिवेदन प्राप्त भएपछि पेश गर्न भनिएको छ ।

यसघि जिल्ला अदालत धनुषाले आरोपित श्रेष्ठलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array