प्रधानन्यायाधीश जबरासँग भाद्र १५ गते सोधपुछ गरिने,एमालेको तीन बुँदे फरक मत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सोधपुछका लागि भाद्र १५ बोलाउने निर्णय गरेको छ । बुधबार बसेको समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर माथि लागेको आरोपमाथि सोधपुछ बोलाउने निर्णय गरेको हो ।

त्यसअघि भाद्र ९ गते देखि १२ गतेसम्म प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा नेकपा एमालेले भने तीन बुँदे फरक मत राखेको छ । आन्तरिक कार्यविधि र कार्यतालिका पारित गर्न बुधबार बसेको बैठकको सुरुमै एमाले सांसद विष्णु पौडेलले ३ बुँदे फरक मत राखेका हुन् । जसअनुसार एक नम्बरमा सभामुखसँग महाअभियोग प्रस्ताव दर्ता भएपछि समितिमा पठाउन ढिलाइ हुनुको कारण माग गरिनुपर्ने, त्यस्तै २ नम्बरमा  प्रतिनिधिसभा नियमावलीअनुसार महाअभियोगमाथि छानबिनका लागि समितिले ३ महिना समय पाउनुपर्नेमा नपाउने अवस्था आउनुको कारण पनि सभामुख अग्नि सापकोटा सँग मागिनु पर्ने र तेस्रोमा समितिको प्रतिवेदन संसदमा पेस हुने र निर्णयार्थ पेस हुने सुनिश्चितता हुनु पर्ने भनेको छ ।

समितिले भाद्र १९ सम्ममा प्रतिनिधि सभालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array