राष्ट्रपति विद्यादेवी भण्डारीको सयभन्दा धेरै रिटार्यड जर्नेलहरुसँग छलफल जारी, साँझ ६.३०मा भोज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

केहि दिन अघि संविधान नरुचाउने बिभिन्न व्यक्ति सँग अन्तरक्रिया गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका सयभन्दा धेरै  रिटार्यड जर्नेलहरुसँग छलफल गरिरहेकी छन् । छलफलमा रिटार्यड जर्नेलहरु सँगै प्रधानसेनापति प्रभुराम शर्मासमेत सहभागी छन्। दिउसो ३.३० देखि शुरु भएको छलफल साँझ ६.३० सम्म चल्ने वताईएको छ ।

साँझ ६.३० बजेपछि उपस्थित सवैलाई राष्ट्रपति भण्डारीले भोज खुवानेछिन् ।

राष्ट्रपति निकट श्रोतका अनुसार राष्ट्रपति राष्ट्रपति प्रतिनिधिसभाले जस्ताको त्यस्तै पास गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने पक्षमा छैनन् ।

सरकार  नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता भएपछि जस्ताको त्यस्तै पुनः प्रमाणीकरणका लागि पठाउने तयारीमा छ।

श्रोतका अनुसार राष्ट्रपति भण्डारी केहि गम्भीर कदम चाल्ने तयारी गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

Array