खसीबजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौंको कलंकी खसीबजारमा टिपरले मोटरसाइकललाई ठक्करदिदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङको छत्रे देउराली –२ स्थायी घर भएका १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको गएराति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ।

गएराति साढे ९ बजे बागमती प्रदेश ०१–००६ ख २८९३ नम्बरको टिपरले बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। टिपर सहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्