पूर्वप्रधानमन्त्री भ्रष्टाचार मुद्दामा दोषी ठहर, १२ वर्षका लागि जेल चलान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

दुई वर्षअघि भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतको फैसला पुनरावलोकन नहुने भए संगै मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्षका लागि जेल चलान गरिएको छ । संघीय अदालतले यस अघिको फैसलालाई कायम राख्दै उनको पुनरावेदन अस्वीकार गरेसँगै रजाक जेल गएका हुन् ।

वान एमडीबीको पूर्वइकाइ एसआरसी इन्टरनेसनलबाट अवैध रूपमा ९४ लाख अमेरिकी डलर आफ्नो व्यक्तिगत खातामा सारेको फैसला गर्दै अदालतले उनलाई १२ वर्षको जेल सजाय र ४ करोड ६० लाख ८० हजार अमेरिकी डलर जरिवाना सुनाएको थियो ।

अभियोजनकर्ताहरूले रजाक सहसंस्थापक रहेको वान एमडीबीबाट ४ अर्ब ५० करोड अमेरिकी डलर हिनामिना गरिएको दाबी गरेका थिए । त्यसमध्ये एक अर्ब अमेरिकी डलर रजाकको खातामा भेटिएको भन्दै उनीहरूले प्रमाण पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array