पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपाय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ  – पिसाब पोल्ने समस्या गर्मी मौसमा बढि हुन्छ । यो समस्या बच्चा, वृद्ध सबैमा हुन सक्छ । यस अलावा शरीरलाई आवश्यक पानीको मात्रा कम भएर वा लामो समय सम्म पिसाब रोक्नाले पनि पिसाब पोल्ने हुन सक्छ । यसका साथै मुत्र नलीको संक्रमण, मृर्गौलामा पत्थरी, शरीरमा पानीको कमी, अल्सर, गर्भवतीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, मधुमेह, तथा मूत्रनली खुम्चिनु लगायतका कारणले पनि पिसाब पोल्न सक्छ ।

पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपायः

– प्रशस्त पानी वा झोलिलो पदार्थ पिउने ।
– दैनिक १ गिलास गाँजरको रस पिउने ।
– फोहोर शौचालयको प्रयोग नगर्ने ।
– बोटैमा पाकेको अर्गानिक फल खाने ।
– अमला, हर्रो बर्रो एक गिलास पानीमा भिजाइ बिहान–बिहान सेवन गर्ने ।
– मेथीको साग खाने
– अमिलो फलफूल जस्तै कागती, सुन्तला जस्ता फलफूल खाने ।
– सरसफाइमा विशेष ध्यान दिने ।
– कटन वा सुतिको कपडाको अण्डरवेयरको प्रयोग गर्ने ।

विभिन्न एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

Array