बन्दकर्ताले जलाएको भनिएको टिपर चालक आफैले जलाएको पुष्टी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

आज बिहान दाङमा  बन्दकर्ताले जलाएको भनिएको रा १ ख १६९४ नम्बरको टिपर चालकले आफै जलाएको खुलेको छ । प्रहरी चालक र सहचालकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त कुरा खुलेको हो । पक्राउ पर्नेमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् ।

मंगलबार बिहान बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा गाडी मालिकको सहमतिमा टिपर जलाएको चालकले स्वीकारे। घटनाबारे सुरुमा चालक चौधरीले चार पाँच जनाको समूहले टिपरमा आगो लगाएर भागेको बताएका थिए । तर सोही समयमा अन्य सवारी सधान निर्वाध रुपमा चलेको भेटेपछि, प्रहरीलाई संका लागि टिपरमा मात्र किन आगजनी भयो भनेर सोधपुछ गर्दा उक्त कुरा खुलेको हो ।

आगजनी गरिएको ट्रक दुईदिनदेखि मर्मतका लागि ग्यारेजमा राखिएको र सडकमा कोही नभएको अवस्थामा बीमा पाउने लोभमा आगजनी गरिएको देखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ताले वताए ।

प्रहरीले गाडीका मालिकको पनि खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्