बानेश्वरमा नक्सा विपरीतका संरचना भत्काउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि नक्सा पास भएका व्यापारिक भवनको संरचना भत्काएको छ । नक्सामा अन्डरग्राउण्ड पार्किङ भएपनि त्यहाँ पसल सञ्चालन गरिरहेका बानेश्वर कम्प्लेक्सलगायतका क्षेत्रमा बनेका व्यापारिक भवनका पार्किङ खुलाउन मेसिन प्रयोग गरेर महानगर प्रहरीले संरचना भत्काएको हो ।

काठमाडौं महानगरपालिकाले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरूलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो । सूचना जारी भएको म्याद आज सकिएपछि नयाँ बानेश्वर क्षेत्रमा व्यापारिक भवनहरुको अन्डरग्राउण्ड पार्किङको अनुगमन गर्न मेयर बालेन्द्र साह आफैं खटिनुभएको थियो ।

नयाँ बानेश्वर क्षेत्रमा महानगरपालिकाबाट अन्डरग्राउण्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् । अनुगमनका क्रममा प्रायः सबै भवनले अन्डरग्राउण्ड पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको महानगरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array