आइपिओ भर्दा पाँच रुपैयाँ मात्र सी-आस्बा शुल्क लाग्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – आधितोपत्र बोर्डले इपिओ भर्दा सी-आस्बाको शुल्क अधिकतम पाँच रुपैयाँ मात्र लाग्ने बनाएको छ । हाल यस्तो शुल्क अधिकतम एक सय रुपैयाँसम्म लाग्ने गरेको छ ।

सेयर भर्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी-आस्बा भनिन्छ । अब यसरी सी-आस्बाबाट उठ्नेमध्ये एक रुपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रुपैयाँ सेयर बिक्री प्रवन्धकले प्राप्त गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्