लघुबीमा कम्पनी दर्ता गर्न बीमा समितिद्धारा नयाँ निर्देशिका जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ  – बीमा समितिले छुट्टै लघुबीमा कम्पनी दर्ताको लागि नयाँ निर्देशिका जारी गरेको छ । सोमबार बीमा समितिमा बसेको सञ्चालक समितिको बैठकबाट पारित गरी नयाँ लघुबीमा निर्देशिका सार्वजनिक गरेको हो । बीमा समितिले अबदेखि निर्जीवन र जीवन लघुबीमा छुट्टा-छुट्टै रुपमा दर्ता गर्नेछ । नयाँ लघुबीमा कम्पनी दर्ता गर्न कानुन अभाव भएकोले निर्देशिका जारी गरेर नयाँ बीमा कम्पनी दर्ता गर्न लागिएको हो । बीमा समितिबाट जारी नयाँ निर्देशिकासँगै नयाँ कम्पनी दर्ता गर्ने बाटो खुलेको छ ।

बीमा समितिले २०७९ साउन ३१ गतेको मितिमा जारी निर्देशिका अनुसार अन्य कम्पनी जस्तै पब्लिक कम्पनीले मात्रै बीमा समितिले तोकेको मापदण्ड पुरा गरेपछि लाइसेन्स पाउने उल्लेख छ । बीमा समितिले लघुबीमा कम्पनी दर्ता गर्नुपूर्व नै सहमति लिएर मात्रै दर्ता प्रक्रियामा जानसक्ने व्यवस्था निर्देशिकामार्फत गरेको छ ।

बीमा समितिले जारी गरेको निर्देशिका अनुसार गरिब, न्यून आय भएका जनतालाई लक्षित भई लघुबीमा सेवा प्रवाह गर्ने लक्ष्य लिएर आउनेले मात्रै लघुबीमाको लाइसेन्स पाउने व्यवस्था उल्लेख छ । लघुबीमा कम्पनी संस्थापना गर्न कालोसूचिमा नपरेको, कालोसूचिमा परेको भए हटेको तीन वर्ष पुगेको हुनुपर्ने उल्लेख छ । त्यस्तै, एक तिहाई संस्थापकहरु स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था नयाँ निर्देशिकामा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array