इमरान खानलाई आतंकवाद बिरोधी अदालतमा उपस्थित हुन अदालतको आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

पाकिस्तानको इस्लामावाद हाईकोर्टले पाकिस्तानका पुर्व प्रधानमन्त्री एवं पीटीआई का अध्यक्ष इमरान खानलाई अगष्ट २५ मा आतंकवाद बिरोधी अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

यस अघि पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गरिने अट्कल गरिएको थियो  । बिहानै देखि खान निवाश बाहिर पीटीआईका कार्यकर्ता र शुवेच्छुकको भिड लागेको थियो ।

शनिवार भएको एक कार्यक्रममा प्रहरी र अदालत लाई धम्क्याएको आरोपमा इस्लामाबाद पुलिसले आतंकवाद बिरोधी कानून अनुसार खानका विरूद्ध केस दर्ता गरेको हो ।

खानका समर्थकले खानलाई प्रहरीले पक्राउ गरेमा इस्लामावाद कव्जा गर्ने धम्कि दिएका छन् ।

पाकिस्तान का पूर्व विदेशमन्त्री समेत रहेका पीटीआई का वरिष्ठ नेता शाह महमूद क़ुरैशी ले  आइतवार भएको एक प्रेस अन्तर्वार्तामा भने, “हामी शान्तिप्रिय र लोकतान्त्रिक मानिस हौ , हामी क़ानून भित्र रहेर हाम्रो आन्दोलन गर्नेछौ , तर यसलाई हाम्रो कमजोरी ठानी लक्ष्मण रेखा नागिएमा यसबाट उत्पन्न हुने गम्भीर परिणाम को जिम्मेवार पाकिस्तानका वर्तमान प्रधानमन्त्री शहबाज़ शरीफ़  हुनेछन् ।”

पाकिस्तानमा सत्ता संकट चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array