माओवादी केन्द्र र एकीकृत समाजवादी बिच एउटै घोषणा पत्र र पार्टी एकता संयोजन समिति बनाउने सहमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच एउटै घोषणा पत्र बनाएर निर्वाचनमा भाग लिने सहमति भएको छ ।

यसै गरि माओवादी केन्द्र र एकीकृत समाजवादी वीच पार्टी एकता संयोजन समिति बनाउने सहमति समेत भएको छ ।

हात्तिवनस्थित एक निजि घरमा भएको बैठकमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड र  वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ साथै एकीकृत समाजवादीका तर्फवाट माधवकुमार नेपाल र महासचिव वेदुराम भुसाल सहभागी थिए ।

बैठकमा मंसिर ०४ गते हुनगईरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array