मेयर बालेन साहको नेतृत्वमा काठमाडौं महानगर भित्रका अन्डरग्राउण्ड पार्किङका पसल हटाउने अभियान शुरु 

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङका पसल हटाउने अभियान शुरु  गरेको छ । घर बनाउदा पार्किंग भनेर स्वीकृति लिने तर पार्किंग को लागि उक्त क्षेत्र प्रयोग नगरी अन्य व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने गरिएका पार्किंग क्षेत्र खालि गराउन थालिएको हो । अहिले बानेश्वर प्लाजाको अण्डरग्राउण्डमा राखिएका पसलहरू खाली गराइदैछ । खालि गर्ने अभियानको नेतृत्व स्वयम् मेयर बालेन्द्र साह बालेन् ले नै गरेका छन् ।

नगर प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा त्यस्ता पसलहरू हटाइरहेका छन् ।

हिजै मात्र मेयर बालेन्द्र शाह(बालेन)ले नगर प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका नगरप्रहरी उपरीक्षक(एसपी) धनपति सापकोटालाई हटाएर अर्का एसपी राजु पाण्डेलाई नगरप्रहरीको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array