अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्ड मध्य एक देशबाट बोर जातको बोका ल्याउने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– नेपाल सरकारले १२ वटा बोर बाख्राको पाठा (बोका) खरिद गर्ने प्रक्रिया सोमबार सिलबन्दी बोलपत्र आह्वान गरेर अगाडि बढाएको छ। राष्ट्रिय बाख्रा अनुसन्धान परिषद्ले सक्षम र इच्छुक आपूर्तिकर्ताले बोका सरकारलाई उपलब्ध गराउन सक्ने उल्लेख गरेको छ । यसका लागि ३० दिनभित्र आवेदन दिन आवहन गरेको छ । बोर जातको बोको अस्ट्रेलिया, न्यूजिल्यान्ड, अमेरिकामध्ये कुनै एउटा देशको हुनु पर्ने सर्त रहेको छ । उपलब्ध गराउन इच्छुकले तत्काल धरौटीबापत १ लाख ३० हजार जम्मा गर्नुपर्ने बताएको छ । उक्त बोकाको मूल्य एउटैको पाँच लाख रुपैयाँसम्म पर्ने बताइएको छ । नेपालमा पछिल्लो बोयर जातको बढि बाख्रा किसानहरुले पाल्दै आएका छन् । स्थानीय बाख्रासँग बोयर बाख्रा क्रस गराएर पालन गर्ने गरेका छन् । त्यस्तै जमुनापारी र खरि जातका बाख्रा पनि किसानहरुको रोजाइमा पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array