काठमाडौंको फोहोर व्यवस्थापनमा दक्षिण कोरियाको आश्वासनः सभामुख सापकोटा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
आइतबार दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलले गरेको शिष्टाचार भेटमा काठमाडौंको फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरेको सभामुख अग्निप्रसाद सापकोटाले बताए । अहिले कोरियाको संसदीय प्रतिनिधि मण्डल नेपाल भ्रमणमा रहेको छ ।
आर्थिक र सामाजिक विकासमा दक्षिण कोरियाको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै सभामुख सापकोटाले कोरियाले गरेको द्रूत विकासबाट नेपालले सिक्न चाहेको पनि बताए ।
भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट कोरिया नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लिस्याङ हेयोनले आफूहरु नेपाललाई माया गर्ने सांसदहरु रहेको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएको सभामुख सापकोटाले जानकारी दिए ।
सांसद संलग्न प्रतिनिधि मण्डलका सदस्यहरुले नेपालका विभिन्न सहरमा फोहोरमैला व्यवस्थापनमा कोरियाले सहयोग गरिरहेको बताएका थिए । उनीहरुले काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा स्वदेश फर्किएपछि गम्भीरताका साथ अध्ययन गरी सहयोग गर्ने आवश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array