मिस ग्राण्ड नेपाल २०२२ को ताज दीपा कार्कीलाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौ – मिस ग्राण्ड नेपाल २०२२ को ताज सिन्धुपाल्चोकी दीपा कार्कीले जितेकी छन्। काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रम बाट ५ जना सुन्दरीहरुले ताज लगाएका छन् । यो बर्ष ५ जना सुन्दरीहरु ताज लगाउने यो नेपालको पहिलो ठुलो क्रयाक्रम समेट बन्न सफल भएको छ।

उक्त प्रतियोगीताको जुरी प्यानलमा रामिस नेपाल २००० उषा खड्गी, हिसानका राम हरि सिलवाल , सरोज प्याकुरेल , मोडेल दिपक घिमिरे, मिस्स मंगोल स्कुल प्रिन्सेस अप्रिल लामा र नेपाल टुरिजम बोडका गोपाल भण्डारी जजमेन्टको आधारमा मिस ग्राण्ड नेपालको फरक फरक विद्यामा ५ जना सुन्दरीहरुले ताज जितेका हुन । मिस ग्रान्ड नेपाल २०२२ का सबै बिजेताहरुले नगद रु ५०- ५० हजारको साथै, कम्पनी Goodwill Ambassador, ५० हजार बराबरको सुनको थान्का गिफ्ट ह्याम्पर र नेपाली चलचित्रमा नायिका सहमेत हुदै , पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२२ , मा नेपालको झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्तगरेका छन्।

- Advertisement -
Ad imageAd image

मिस ग्रान्ड नेपाल २०२२ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी ,रोजिना सुवालको मेकअप, हिर्देश अर्यालको फोटोग्राफी, आरकेको भिडियोग्राफी सेन्ट्रल फेसन हवका नबिन लुईटेल लगायत बिधार्थी हरुले तयार पारेको पोशाक , प्रेम देव ,प्रीति शाक्यले पहिरण तयार परेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्