काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आज दुई विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाकारी दिएको छ । यी दुबै विधेयक संसदका दुबै सदनबाट पारित भएको थियो । दुबै सदनबाट विद्येयक पारित भैसकेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवास पठाइएको जानकारी दिएको छ ।
राष्ट्रपतिबाट आज दुई विधेयक प्रमाणीकरण

प्रतिक्रिया दिनुहोस्