गिरिको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्तिम बिदाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– नेपाली कांग्रेस नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्तिम बिदाई गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि अघि कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट शवयात्रा गर्दै गिरिको शवलाई पशुपति आर्यघाटमा लगिएको थियो । अन्त्येष्टि अघि विविभन्न दलका नेता तथा उनका आफ्न्तहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए । पशुपति आर्यघाटमा गिरिको शवमा उनका छोरा सन्तोष सिलवाल गिरिले दागबत्ती दिएका थिए । यस्तै गिरिका शुभचिन्तक तथा समर्थकको पनि ठूलो संख्यामा उपस्थिति रहेको जानकारी दिएको छ । शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएका गिरिको शव श्रदाञ्जलीका लागि अस्पतालमै र कांग्रेस पार्टी कार्यालयमा सानेपामा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array