उत्तरी नाकाको समस्या समाधान गर्न व्यवसायीद्वारा अपिल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– चाडपर्व लक्षित गरेर ल्याएका चिनियाँ सामान दुई सातादेखि तातोपानी र केरुङमा रोकिएपछि उत्तरी नाका खुलाउन नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारसँग अपिल गरेको छ। चिनियाँ नाकामा चीनका अधिकारीहरुको मनपरी गरेकाले नेपालीलाई गाह्रो परे पनि नाका बारम्बार बन्द गर्दै आएको महासंघका अध्यक्ष कुमार कार्कीले बताए। ‘नाकामा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्न आग्रह गरेका हौं,ु अध्यक्ष कार्कीले भने। पछिल्लोपटक तिब्बतमा कोभिड संक्रमण बढ्न थालेपछि उत्तरका दुई नाकामा चीनले रोकेको पनि जानकारी दिएको छ ।
यसले नेपालीको चाडबाडका मुखमा आयात रोकिएको छ। कोभिड नियन्त्रण नभएकाले नाका तत्काल खुल्ने अवस्था नभएकाले अर्बौको सामान नाकामा रोकिँदा नेपाली व्यवसायीलाई ठूलो नोक्सानी हुने अवस्था सिर्जना भएको पनि उनले बताए ।
नाकामा देखिएको समस्या समाधान गर्नका लागि आवश्यक कूटनीतिक पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय लगायत सबै सरोकारवालासँग आग्रह गरेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array