विभिन्न दलका नेता तथा आफन्तबाट गिरिप्रति श्रद्धाञ्जली, तीन दिन पार्टीले आधा झन्डा झुकाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं– कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा विभिन्न दलका नेता तथा उनका आफन्त नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का‚ महामन्त्री गगनकुमार थापा‚ नेता रामचन्द्र पौडेललगायत नेताले उनको पार्थिव शरीरमा माल्यार्पण गर्नुका साथै पार्टीको झन्डा ओडाएका हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस नेता प्रदीप गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । गिरीको निधनले नेपालले लोकतन्त्रको अविचलित योद्धा गुमाएको बताएका छन्

त्यस्तै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा उपराष्ट्रपति नन्दबहादुर पुनले शोक व्‍यक्त गरेका छन् । उपराष्ट्रपतिको सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेस नेता गिरिको निधनमा शोक व्‍यक्त गरेका हो।

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएपछि आइतबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा आकस्मिक केन्द्रीय समितिको बैठकले गिरिको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले गिरीप्रति उच्च सम्मान प्रकट गर्दै शोक कार्यक्रम तय गर्दै भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने तय गरेको छ ।

भारतीय शीर्ष कम्युनिस्ट नेता सीताराम येचुरीले प्रदीप गिरि आफ्ना ‘कमरेड इन् आर्म्स’ अर्थात् घनिष्ट मित्र रहेको भन्दै श्रद्धाञ्जली दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

Array