आज मिटर ब्याजीको विरुद्ध उजुरी गर्ने अन्तिम दिन, उजुरी पर्ने क्रम जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०७९, आईतवार
4 Min Read
Aa

काठमाडौं– सरकारले मिटर ब्याजीको विरुद्ध भदौं ५ गते सम्म उजुरी दिन आज अन्तिम दिन तोकेको छ । यसै सुचनालाई आधारमा  झापाका दुईजना मिटरब्याज पीडितहरूले उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालय झापाले मिटरब्याज पीडितहरूबाट उजुरी आव्हान गरेसंगै जिल्लाका दुईजना पीडितहरुले उजुरी दिएका हुन् । जिल्ला प्रशासन कार्यालय भद्रपुरमा एकजना र इलाका प्रशासन कार्यालय दमकमा अर्का पीडितले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । त्यस्तै काठमाडौं र विराटनगरमा पनि मिटर ब्याजीको विरुद्धमा उजुरी परेको जानकारी दिएको छ ।
सर्वसाधारण सुचना जारी गरेपछि पनि देशभरीबाट प्राप्त उजुरी नपरेको गृह मन्त्रालयले जानकारी दिएको छ । मिटर ब्याजको ऋणमा परेर घरबार नै डुबेको समाचार आएपछि सरकाले भदौं ५ गते आजसम्म उजुरी गर्न सर्वसाधारणमा सुचना जारी गरेको थियो ।
न्यायको खोजीमा नवलपरासीका किसानहरु काठमाडौंको माइतिघर मण्डलामा केहि समय अघि देखि धर्नामा बसिरहेका छन् । सरकारले छानबीन टोली बनाएर धर्ना समाप्त गर्न अनुरोध गर्दा पनि रोकिएका छैनन् । मिटर ब्याज तथा ठगी बिरुद्ध कार्यक्रम जारी छ भन्दै विभिन्न प्रकारका ब्यानरसहित थुप्रै पिडितहरु माइतीघर मण्डला अगाडि धर्नामा छन् ।
अघिल्लो पटक सरकार पक्षले सम्झौता गरे पनि आफूहरु ठगिएको भन्दै यो पटक न्याय नपाएसम्म घर नर्फकने उनीहरुको अडान छ । कार्यदलले यसको समस्या समाधान गर्ने सम्भावना कम रहेको पिडितहरु बताउँछन् ।
मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न आग्रह गरे पनि कतिपय प्राप्त प्रमाण तथ्याङ्को अभावमा उजुरी दिन नसक्ने पनि बताइएको छ । गोरक्षा पोष्टलाई नाम नबताउने सर्तनमा एक व्यापारीले बताए अनुसार विशिष्ट ओहोदाको व्यक्तिको पैसा चलाएकाले उजुरी दिन नसक्ने बताए । उनी आफू मिटर ब्याजका कारण तनावमा रहेको बताए पनि उनले कसको पैसा चलाएको खुलार भने कुरा गर्न चाहेनन् । त्यस्तै विराटनगर बोडरमा बसेर सानो तिनो ब्यापार गरेको बताउने ध्रुव चौधरीले प्राप्त प्रमाण नभएकाले उजुरी गर्न नसक्ने बताए ।

त्यस्ते विरगन्जमा पनि मिटर ब्याजी विरुद्ध उजुरी परेको बताइएको छ । वीरगन्जमा लोहारपट्टीका ५९ वर्षीय जयप्रकाश अग्रवालले प्रहरी कार्यालय र अदालतको ४ वर्ष पहिले उनका छोरा प्रतीकले वीरगन्ज १५ का जीतेन्द्रकुमार सिंहसँग २०७५ असार २० गते २० लाख रुपैयाँ कर्जा लिएर उक्त कर्जाबापत ६० लाख रुपैयाँको कपाली तमसुक गरिदिए । २० लाख रुपैयाँ कर्जाको ग्यारेन्टीबापत प्रतीकले सिंहलाई सिद्धार्थ बैंक वीरगन्ज शाखाको २५÷२५ लाख रुपैयाँको दुईवटा चेक दिए । २०७५ कात्तिक २५ मा जयप्रकाशले जीतेन्द्रलाई ८ लाख रुपैयाँ नगद दिएर दुईमध्ये एउटा चेक फिर्ता लिए । अर्को चेकको सम्बन्धमा जीतेन्द्रले जिल्ला अदालतमा चेक अनादर मुद्दा दायर गरेर उक्त मुद्दामा उनले २५ लाख रुपैयाँ पाउने गरी मुद्दा फैसला समेत भए पनि यो केश अझै सल्टिएको छैन ।
प्रतिनिधिसभाको बैठकमा मिटरव्याजको धन्दाले सामाजिक र आर्थिक अपराध बढाएको भन्दै सर्वसाधारणलाई मिटरव्याजमा पैसा दिएर अचाक्ली व्याज असुल गर्नेलाई पक्राउ गरी मुद्दा चलाउन सांसदहरुले माग गरेका थिए । सरकारले मिटरब्याज ठगी समस्या सुल्झाउन र यसमा संलग्न दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन ६ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबआदुर देउबाले गृहमन्त्री सहित प्रहरी प्रमुखलाई बोलाएर निर्देशन दिए लगत्तै कार्यदल गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्