मधेश विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दीपक शाक्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – मधेश विश्वविद्यालयको उपकुलपतिमा वीरगञ्जका प्रा.डा दीपक शाक्य नियुक्त भएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शाक्यलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । विगत लामो समयसम्म शैक्षिक क्षेत्रमा सक्रिय शाक्यले विश्वविद्यालयलाई सफलताको उचाइमा लैजाने विश्वास मुख्यमन्त्री राउतले व्यक्त गरेका छन् ।

यो विश्वविद्यालय वीरगञ्जमा स्थापना गरिने प्रदेश सरकारले बताएको छ । शाक्य वीरगञ्ज पब्लिक कलेजका संस्थापक एवम् कार्यकारी निर्देशक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्