बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न आयोगको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले तीनै तहका सरकारलाई कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ ।

आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको हो । शनिबार विज्ञप्ति जारी गर्दै आयोगले त्यस्ता कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने जनाएको छ । समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा समेत प्रत्यक्ष असर पार्न सक्ने आयोगको भनाइ छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो मंसिर ४ गते एकै चरणमा हुने तय छ ।

“प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति २०७९ मंसिर ४ गते आइतबारका दिन एकै चरणमा हुने गरी घोषणा भई निर्वाचनको तयारीका कार्यहरू भइरहेको सन्दर्भमा मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रमहरू सञ्चालन तथा कार्यान्वयन नगर्न र नगराउन नेपाल सरकार, ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय तहहरूलाई आयोगले निर्देशन दिएको छ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array