माओवादी केन्द्रमा २१ जना पदाधिकारी, महासचिवमा देव गुरुङ (पदाधिकारीको नाम सहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको महासचिवमा देव गुरुङलाई बनाउन गरेको  प्रस्ताव स्थायी कमिटीले पास गरेको छ  ।

त्यस्तै अध्यक्ष प्रचण्डले  २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस गरेका थिए  ।

जसअनुसार अव  अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, ७ उपमहासचिव, ९ सचिव र कोषाध्यक्ष रहने छन् ।

प्रचण्डको प्रस्ताव अनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ,उपाध्यक्षमा कृष्णबहादुर महरा,उपमहासचिवमा बर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल यस्तै सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की रहेका छन् । कोषाध्यक्ष श्रीराम ढकाल भएका छन्  ।

प्रस्ताव  पास भएको उपाध्यक्ष कृष्ण बहादुर मोहरा ले वताए ।

प्रतिक्रिया दिनुहोस्

Array