विद्यार्थी परिषद् हिमाली जिल्लामा सक्रिय, शैक्षिक सामग्री वितरण गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ११ वटा हिमाली जिल्लाहरूमा शैक्षिक सामग्री वितरण गर्ने भएको छ । विद्यार्थी परिषद्कले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको हो । शुक्रबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन आयोजना गरी ११ वटा हिमाली जिल्लाहरुमा शैक्षिक सामग्रीहरू वितरण गर्न विद्यार्थी परिषद्ले बताएको छ ।

परिषद्ले सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्लामा ३२ लाख २७ हजार लागत मूल्य रहेको व्याग, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्रीहरू वितरण गर्न गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने जानकारी दिए ।

परिषद्ले हिमाली भेगमा अध्ययनरत विद्यार्थीहरूको आवश्यकतालाई महसुस गरी ११ वटा जिल्लाका कक्षा ११ र १२ मा अध्ययनरत १८ सय १० जना विद्यार्थीहरूलाई उक्त शैक्षिक सामाग्री वितरण गर्न गइरहेको परिषद्का महासचिवले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array