अब प्रसारण लाइनको अभावमा बिजुली खेर फाल्नु पर्दैन: कुलमान घिसिङ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुले उत्पादन गरेको बिजुली प्रसारणलाइनमा जोडन कतै पनि समस्या छैन । सो कुरा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अपर तामाकोसी जलविद्युत कम्पनीको चौधौं साधारणसभालाई सम्बोधन गर्दै बताएका हुन् । प्रसारण लाइनको अभावमा बिजुली खेर फाल्नु पर्ने अवस्थाको अन्त्य भएको उनले बताए । केहि स्वतन्त्र उजाए उत्पादकहरुले त्यस्तो गुनासो बेथमा गरेको पनि उनको दाबी छ ।
विगतमा केहि आयोजनामा समस्या भएपनि अब त्यस्तो समस्या हटिसकेको उनको जिकिर छ । केही आयोजनाका उत्पादकहरु नै प्रसारणलाइन बनाउन पनि सहभागी भएको उनले बताए । कतै कतै एक दुई ठाउँमाबाहेक समस्या नभएको उनले जानकारी गराए ।
अहिले प्रसारणलाइनहरु बनेका छन् तर प्रोजेक्टहरु नभएको घिसिङले बताए। उनका अनुसार कोसी करिडोरमा ६ देखि ८ सय मेगावाटको प्रसारणलाइन बनको छ। तर ३० मेगावाटको मात्रै प्रोजेक्ट जोडिएको बताए। त्यस्तै सोलु करिडोरमा ३ देखि ४ सय मेगावाट क्षमताको प्रसारणलाइन छ तर ३० देखि ४० मेगावाट बिजुली जडान भएको उनले बताए ।
यस्तै कालीगण्डकी करिडोरमा करिब १६०० मेगावाटको प्रसारणलाइन बनिरहको पनि उनले बताए । त्यसैले प्रसारणलाइनहरु बनिरहेकाले ुप्रसारणलाइनको अभावमा स्पील हुने अवस्था नभएको बताए । सानोतिनो आफ्नै कारणले पनि प्रसारणलाइन उत्पादककै कारण प्राविधिक समस्या देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array