बञ्चरेडाँडामा फोहोर फाल्न सहमति, काठमाडौँको फोहोर उठ्न एक साता लाग्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौंको फोहोर आजबाट बिना अवरोध उठने भएको छ। गएराति सत्तारुढ स्थानीय नेताहरूको सर्वदलीय बैठक पछि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्नको लागि अवरोध हटेको हो। सत्तारूढ तीन राजनीतिक दलका स्थानीय नेताको नेतृत्वमा उपत्यकाको फोहोर सधैँका लागि बन्द गर्ने घोषणासँगै आन्दोलन चर्किएको थियो । अवरोधकैबीच बिहीबार २८४ टिपर फोहोर विसर्जन गरिएको थियो ।

बुधबार काठमाडौं, धादिङ र नुवाकोट तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच बाटोमा लिचेड चुहाउन नपाइने, जथाभावी फोहोर फाल्न नपाइने, दैनिक फोहोरलाई औषधि प्रयोग गरेर दुर्गन्धमुक्त बनाउने र पुराना मागहरू कार्यान्वयनमा ल्याउन चारबुँदे सहमति भएको थियो ।
स्थानीय सत्तारुढ दल नेतृत्वको अवरोध हटेको थिएन ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुसार स्थानीय प्रहरीको सुरक्षामा फोहोर अनलोड भइरहेको बताएको छ । बुधबारदेखि यातायात व्यवसायी र टिपर व्यवसायीले सहयोग स्वरुप ३० वटा टिपरमा फोहोर उठाउन थालेका छ

प्रतिक्रिया दिनुहोस्

Array