चीनको कारण नेपाली व्यवसायीको अर्बौंको कारोवार जोखिममा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

कोरोना संक्रमण बढेको कारण देखाउदै चीनले गत सातादेखि रसुवागढी नाकाबाट हुने आयात निर्यात रोकेपछि नेपाली आयातकर्तालाई अर्बौंको नोक्सान हुने भएको छ । दसैं र तिहार लक्षित सामग्री केरुङमै रोकिएका छन्ठूलो धनरासीको व्यापार जोखिममा परेको छ । जसका कारण धेरै व्यापारी टाट पल्टिने सम्भावना रहेको छ । 

दसैं, तिहार जस्ता चाड र जाडोका लागि आयात गरिएका लत्ताकपडा, जुत्ताचप्पल लगायतका सामान ड्यामेज हुने खतरा रहेको छ सवै भन्दा महत्वपूर्ण त स्याउ लगायतका फलफुल कन्टेरमै कुहिन थालेको छ । २० करोड भन्दा माथिको स्याउ लगायतका फलफुल मात्र रहेको आयातकर्ता व्यापारी रविन्द्र घिमिरे वताउछन्

करिव २२५ कन्टेनर केरुंगमा रोकिएका छन् यस वारेमा नेपाल सरकारका निकायलाई आधिकारिक कुनै जानकारी छैन चीनले कुनै आधिकारिक जानकारी गराएको छैन

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार आइतवार देखि भन्सारमा कुनै कन्टेनर आएको छैन शनिवार सम्म दैनिक १४ कन्टेनर भन्सारमा आउने गर्दथियो

भन्सार अधिकृत मैनालीका अनुसार रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको ३० महिना भएको छ र आवतजावत पूर्ण बन्द छ

चीनले वारवार विना सूचना सिमा अवरूद्ध गर्दा नेपाली व्यापारीलाई अरवौको घाटा हुने गरेको छ

प्रतिक्रिया दिनुहोस्

Array