भुवन केसीको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई सोमबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने मन्त्रिपरिषदको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाई सोमवारका लागि सरेको छ । यही सोमवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि भदौ २ गते बिहीवार रिट निवेदक र सरकार दुवै पक्षलाई डोकेको थियो ।

सर्वोच्च अदालतले केसीलाई बोर्ड अध्यक्षमा नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल झिकाउन समेत आदेश दिएको थियो । बोर्ड अध्यक्ष पदका लागि आवेदन दिएका नरेश कुमार पौडेल लगायतले भुवन केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै गत साता सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । २०७९ साउन ९ गते अध्यक्ष पदमा आवेदन दिएका १० जनामध्येबाट मन्त्रिपरिषदको बैठकले भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array